जीटीएद्वारा मार्शल आर्टिस्ट सम्मानित

IMG-20230101-WA0568.jpg

खरसाङ: दार्जिलिङमा पर्यटन विभागद्वारा आयोजित दार्जिलिङ पर्यटन महोत्सवको समापन समारोहको अवसरमा विभिन्न शैलीका पाँच मार्सल आर्टिस्टहरूलाई जीटीएद्वारा स्टेजमा सम्मान गरिएको थियो। यो पहल खेलकुद तथा युवा मामिला विभागका कार्यकारी निर्देशक अरिजित मित्रले गरेका हुन् जसले युवाहरूको लागि जीटीए क्षेत्रमा खेलकूदलाई समर्थन र प्रवर्द्धन गर्दै आएका छन् भनी सन्दीप प्रधानले जानकारी गराएका छन्। अलिट मार्टियल आर्ट डेभलोपमेन्ट एसोसिएशनको प्रमुख संयोजक सेन्सी सन्दीप प्रधनले बताए अनुसार अवार्ड पाउनेहरुमा बक्सिङका मिलन सुब्बा, कराँतेका रिजोङ तामाङ, तेक्वान्दोका प्रविण राई, वुसुकी तुलसा राई र किक् बक्सिङकी प्रेरणा लिम्बु रहेका छन्।

उनले यो पनि जानकारी दिए कि ७ जनवरी २०२३ देखि खेलकुद र युवा मामिला विभाग जीटीएको सहयोगमा खरसाङमा उद्घाटन समारोहको रूपमा कराँते इभेन्टसंग मार्शल आर्ट फेस्ट सुरु हुने भएको छ। त्यसपछि कालेबुङमा बक्सिङ, मिरिकमा वासु र किक् बक्सिंग दार्जिलिङमा हुनेछ। सबै अवार्ड विजेताहरुले जीटीएका खेलकुद विभागलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement