शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टः टेरिटोरियल आर्मी विजयी

photocollage_202311195547942.jpg

युनाइटेड स्पोर्टिंग क्लब (डीपी साइड, टिस्टा भेल्ली)-को आयोजनमा शहीद बेञ्जामिन राई स्मृति फूटबल टुर्नामेण्टको पहिलो संस्करण आइतवारदेखि शुरु भयो। डीपी साइड मैदानमा आज भएको उद्घाटन म्याचमा दार्जीलिङको टेरिटोरियल आर्मी (टीए)-ले कालेबुङ पुलिसलाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा टीए-बाट एन्थोनी छेत्री र कालेबुङ पुलिसबाट रोशन राईले गोल गरे। रोशन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १४ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल म्याच २० र २२ जनवरीमा हुनेछ। यसरी नै फाइनल २६ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। म्याचहरू खेलिने आयोजकहरूले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement