नयाँ सालको पहिलो दिन बम विस्फोटमा कक्षा ४ का विद्यार्थी गम्भीर घाइते

IMG-20230101-WA0562.jpg

कुचबिहार: सालको पहिलो दिन बम विष्फोटमा कक्षा ४ का विद्यार्थी गम्भीर घाइते भएका छन्। घटना आइतबार कुचबिहारको माथाभांगा १ ब्लकको केदारहाट ग्राम पञ्चायतको जोरशिमुली क्षेत्रमा भएको हो। गम्भीर घाइते बालक सुजय बर्मनको माथाभाङ्गा डिभिजनल अस्पतालमा उपचार भइरहेको छ। आजको दिन धनपति बर्मनले आलु खेतमा पानी हाल्न मोटर जडान गरेको बताइन्छ। त्यतिबेला उनका भतिजा पनि केही बालबालिकासँग खेलिरहेका थिए। त्यतिकैमा धनपतिले बम विस्फोटको ठूलो आवाज सुने। हतार हतार त्यहाँ पुगेर भतिजा सुजय गम्भीर घाइते भएको देखे। स्थानीयले तत्कालै सुजोयलाई उद्धार गरी माथाभाङ्गा उपजिल्ला अस्पताल पुर्याएका थिए। माथाभाङ्गा प्रहरी चौकीका प्रहरी अस्पताल पुगेका थिए। बम कहाँबाट आयो, कसले छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement