मन्दिरहरूमा पुजा अर्चना गरेर नव वर्ष पालन गर्ने भक्तजनको भीड

IMG_20230101_191347.jpg

सिलगढी: आज धेरै भक्तजन मन्दिरमा गएर भगवानको दर्शन गर्नको साथै पुजा अर्चना गरेर नयाँ वर्ष २०२३ – लाई स्वागत जनाउँदै सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना पनि गरे। आज सिलगढीको विभिन्न मन्दिरहरूमा पुजा अर्चना गर्न आउने भक्तजनहरूको निक्कै भीड देखियो। सिलगढीको आनन्दमयी कालीबारीमा पुजा अर्चना गर्न आउने मानिसहरूको लामो लाइन लागेको देखियो। तिनीहरूले भगवानको पुजा-अर्चना, आरती गरेर नयाँ वर्षको शुरुवात गर्दै आफू लगायत परिवारको सुख शान्तिको कामना पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement