तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन

IMG_20230101_191401.png

सिलगढी: राज्यभरिमा झैँ सिलगढीमा पनि दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस कार्यालयमा झण्डा उत्तोलन गरेर स्थापना दिवस पार्टी कार्यकर्ताहरुले मिलेर पालन गरे। यसको साथै शहिद वेदीमा माल्यार्पण पनि गरियो। यस अवसरमा तृणमूल कङ्ग्रेस जिल्ला सभापति पापिया घोष, चेयरम्यान अलोक चक्रवर्ती, जिल्ला प्रवक्ता वेदव्रत दत्त लगायत जिल्लाका अन्य नेतृत्व तथा काउन्सिलरहरू उपस्थित थिए। यसैगरी, जिल्ला कार्यालय लगायत विभिन्न वार्ड तथा ब्लकहरूमा अखिल भारतीय तृणमूल कङ्ग्रेसको स्थापना दिवस पालन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement