लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशन (एलजीएसए)-को तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा आयोजक टीमले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा आइतवार भएको म्याचमा एलजीएसए-ले कालेबुङको जर्जियन युनाइटेड एफसी-लाई टाईब्रेकरमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ३-३-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा एलजीएसए-बाट नावांग तामाङले २ र छितेन तामाङले १ गोल गरे। यसरी नै जर्जियन युनाइटेडबाट जाइल्स राई र बसन्त राईले १-१ गोल गरे। एक गोल आत्मघाती (बिशेष थापा) रह्यो। विजेता टीमका बिशेष थापालाई प्लेयर अफ द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।









