राज्यका ६ जना चेस खेलाडीहरूलाई चेस ओलियमप्याड हेर्ने अवसर

photocollage_20226622495436.jpg

गान्तोक। सिक्किम चेस एसोसिएशनको पहलमा देउरालीस्थित सामुदायिक भवनमा दुई दिवसीय चेस प्रतियोगिता आयोजना गरियो। उक्त प्रतियोगिताबाट ६ जना उत्कृष्ट खेलाडीरू छनौट गरियो जसमा महिलावर्गमा स्मृति स्नेहा साहु र याङछेन लामा छनौट भएका छन् भने पुरूषवर्गमा आराध्या राज पोख्रेल र पन्सुल डाङ्गर रहेका छन्। य़सरी नै सरकारी स्कूलबाट मेन्थो ल्हामु लेप्चा र नमिराकपम हिटलरलाई छनौट गरिएको छ। यस प्रतियोगिताबाट छनौट भएका यी ६ जना खेलाडीहरू आगामी २८ जुलाईदेखि १० अगस्तसम्म तामिलनाडुमा आयोजना हुने ४४औं फाइड चेस ओलियमपेड २०२२ हेर्ने अवसर पाउनेछन्। दुई दिवसीय प्रतियोगितामा १५ वर्ष भन्दा कम २ सय ५० जना भन्दा अधिकले सहभागिता जनाएका थिए। तामिलनाडुमा आयोजना हुने सो प्रतियोगितामा विश्वका १९० भन्दा अधिक देशका खेलाडीहरूले सहभागिता जनाउने निश्चित रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement