जलपाइगढी: तृणमूल कङग्रेसको २६औं स्थापना दिवस वार्ड नम्बर २५ मा धूमधामका साथ मनाइयो। यस दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रम आइतबार बिहान तृणमूल कङ्ग्रेसको झण्डा फहराएर सुरु भएको थियो। स्थानीय बासिन्दाको सहभागितामा वडाका काउन्सिलरको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो।