अलिपुरद्वारमा नयाँ वर्षको दिन बिहान एक युवकको हत्या

IMG-20230101-WA0379.jpg

अलिपुरद्वार: काल्चिनी ब्लकको मधु चिया बगान नजिकैको इलाकामा आइतबार अंग्रेजी नयाँ वर्षको दिन बिहान एक युवकको हत्या भएपछि हलचल मच्चिएको छ। बिहान मधुपुलमुनि युवकको रगतले लतपतिएको शव देखेपछि स्थानीयले हासीमरा चौकीमा खबर गरेका थिए। हासीमरा चौकी प्रहरीले घटनास्थल पुगेर शव बरामद गरेको थियो। प्रहरीका अनुसार मृत्यु हुने युवकको नाम अभिषेक सन्तली मण्डलपाडाका हुन्। धारिलो बस्तुले काटेर कुटेर उनको निर्ममतापूर्वक हत्या गरिएको हुनसक्छ। शरीरका विभिन्न स्थानमा गहिरो चोटका निशान छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शवलाई पोस्टमार्टमको लागि अलीपुरद्वार जिल्ला अस्पतालमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement