अर्जेण्टिना र पेरिस सेण्ट जर्मेन (पीएसजी)-का दिग्गज फूटबलर लियोनल मेस्सीले आफ्नो ‘अद्भूत परिवार’ (प्रशंसक) र साथीहरूलाई अपार समर्थनको निम्ति धन्यवाद दिँदै सबैलाई नयाँ सालको शुभकामना जनाएका छन्। कतरमा भएको फीफा वर्ल्ड कपको रोमाञ्चक फाइनलमा मेस्सीको टीम अर्जेण्टिनालाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गरी ट्रफी जितेको थियो। ३५ वर्षीय मेस्सीले इन्स्टाग्राममा लेखेका छन्, यसलाई अद्भूत परिवार र साथीहरूसँग साझा गर्नुहोस्, जो सबैभन्दा असल हुन सक्छन्, जसले सदा मेरो समर्थन गरे अनि प्रत्येकपल्ट लड़्दा उनीहरूले मलाई भुईंमा रहन दिएनन्। मेस्सीले आफ्ना प्रशंसकहरू, विशेषगरी अर्जेण्टिना, पेरिस र बार्सिलोनामा उनलाई अनुसरण गरेकोमा अनि उनलाई प्रोत्साहित गरेकोमा धन्यवाद दिएका छन्।
मेस्सीले भने, म ती सबै मानिसहरूका निम्ति पनि एउटा विशेष स्मृति राख्न चाहन्छु, जसले मलाई अनुसरण गर्छन् अनि मसँग संग्रह गर्छन्। यस पथमा तपाईंहरू सबैसँग साझा गर्न सक्षम हुनु आश्चर्यजनक रह्यो। तपाईंहरू सबैको सहयोग र समर्थन बिना मेरो निम्ति आज यहाँसम्म पुग्नु सम्भव थिएन। म आफ्नो देशको साथ-साथ पेरिस, बार्सिलोना र अन्य धेरैवटा देश र शहरका मानिसहरूलाई धन्यवाद जनाउन चाहन्छु। उनीहरूले मलाई धेरै माया गरेका छन्। मेस्सीले अन्तमा भने, मेरो निम्ति गत वर्षको अन्त अद्भूत रह्यो। यो वर्ष तपाईंहरू सबैको निम्ति अद्भूत हुने मलाई आशा छ। साल २०२३-मा खुशी र स्वास्थ्य रहनुहोस् भनी म तपाईंहरू सबैलाई शुभकामना दिन चाहन्छु। सबैलाई एउटा ठूलो अँगालो।