पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-का पूर्व अध्यक्ष रमीज राजाले दावी गरे अनुसार, गत वर्ष अष्ट्रेलियाई टीम पाकिस्तान यात्रामा आउँदा उनलाई हत्याको धम्की प्राप्त भएको थियो। यसैकारण उनी क्रिकेट बोर्डको प्रमुखको रूपमा आफ्नो कार्यकालको अवधि बुलेट-प्रूफ काम उपयोग गर्न वाध्य भएका थिए। राजासँग त्यस बुलेट प्रूफ कारबारे जानकारी मागियो, जसक मूल्य लगभग १.६५ करोड़ पाकिस्तानी रुपियाँ रहेको छ। साल १९९२-मा वर्ल्ड च्याम्पियन बन्ने पाकिस्तान टीमका सदस्य राजाले बताएअनुसार, त्यस कारको उपयोग उनका उत्तराधिकारी नजम सेठीले पनि गर्न सक्छन्। रमीजले भने, त्यो कार पीसीबी-सँग छ। त्यो कार मैले किनेको होइन। मेरो उत्तराधिकारीले पनि त्यसलाई प्रयोग गर्न सक्छन्। मलाई हत्याको धम्की प्राप्त भएको थियो। हत्याको धम्की प्राप्त भएपछि बुलेट प्रूफ कार जरूरी हुन्छ। यसैकारण त्यो कार मैले प्रयोग गर्थे। म यसबारे (खतराबारे) ब्यौरा दिन सक्दिनँ तर मार्च २०२२-मा अष्ट्रेलियाई टीम पाकिस्तान आउँदा यस्तो भएको थियो। डीआईजी मेरो घरमा आएका थिए अनि त्यहाँ पूरा रिपोर्ट बनिएको थियो। यसैकारण मैले बुलेट प्रूफ कार प्रयोग गर्ने फसेला गरेको थिएँ।
हालै घरेलु टेस्ट सीरीजमा ईंग्ल्याण्ड विरुद्ध पाकिस्तानी टीम ३-०-ले वाइटवाशको शिकार बनेपछि राजालाई पीसीबी प्रमुखको पदबाट बर्खास्त गरिएको थियो। बाबर आजमको अगुवाईमा रहने टीमले २०२२-मा लगातार दुईवटा घरेलु टेस्ट सीरीजमा हारको सामना गर्नु परेको थियो। ईंग्ल्याण्ड अघि अष्ट्रेलियाले पनि पाकिस्तानलाई टेस्ट सीरीजमा १-०-ले पराजित गरेको थियो। यसपाली ईंग्ल्याण्ड विरुद्ध निराशाजनक हारपछि पाकिस्तान आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनल खेल्ने रेसबाट पनि बाहिर भयो। बाबर आजमको कप्तानीमा रहने पाकिस्तानले अब न्यूजील्याण्ड विरुद्ध दोस्रो टेस्ट म्याचमा हिस्सा लिनेछ। दोस्रो टेस्ट म्याच २ जनवरीदेखि कराचीको नेशनल ब्यांक एरेनामा शुरु हुनेछ।










