सन्न्यासको सम्भावनालाई खारेज गरे नडालले

IMG-20230101-WA0396.jpg

स्पेनका दिग्गज टेनिस खेलाड़ी तथा रेकर्ड २२ पल्टका ग्राण्ड स्ल्याम विजेता रफायल नडालले खेलबाट सन्न्यास लिने सम्भावनालाई खारेज गर्दै शनिवार उनी अहिले पनि शीर्ष स्तरमा खेलको आनन्द लिइरहेको बताए। युनाइटेड कप मिश्रित टीम टुर्नामेण्टमा क्यामरुन नोरी विरुद्ध हारको सम्मुखीन भएपछि ३६ वर्षीय नडालले भने, मैले केवल आफ्नो म्याच हारेको छु। कुरा यति मात्र हो। म्याचपछि संवाददाता सम्मेलनमा आउँदा सबैले मलाई खेलबाट सन्न्यास लिने समय आएको अनुभव गराउँछन्। तपाईंहरूलाई मेरो सन्न्यासमा धेरै चासो छ तर अहिले त्यस्तो कुनै सम्भावना छैन। म्याचमा नडाललाई नोरीले ६-३, ३-६, ४-६-ले पराजित गरे।
म्याचपछि नडालसँग सन्न्याससँग सम्बन्धित प्रश्न गरियो। जवाफमा नडालले मुस्कुराउँदै अहिले उनको मस्तिष्कमा त्यस्तो कुनै सोच नरहेको बताए। नडालले भने, समय आएपछि म आफै तपाईंहरूलाई भन्नेछु। म टेनिस खेल्न जारी राख्नेछु। यसैकारण मेरो सन्न्यासलाई लिएर तपाईंहरूले धेर नसोचेकै असल हुनेछ। उनले भने, म हरेक कुरालाई असल तरिकाले गर्न सक्छु अनि मैले यस्तो गर्ने आवश्यकता पनि छ। उनले (नोरी) आफ्नो पहिलो म्याच दुई दिन अघि खेलेका थिए। यसले उनलाई फाइदा भयो। म अझ केही फुर्तिलो र सामान्य मजबूत हुनु पर्नेछ। गल्तीहरूमा कमी गरेर मैले केही मौकाहरूमा सही फसेलाको साथ खेल्नु पर्नेछ। सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपन २०२३-को तयारी गर्न नडालले युनाइटेड कपमा हिस्सा लिएका छन्। उनले मेलबर्नमा गत वर्ष आफ्नो रेकर्ड २२औं ग्राण्ड स्ल्याम खिताब जितेका थिए। अष्ट्रेलियन ओपन १६ जनवरीदेखि मेलबर्न पार्कमा शुरु हुनेछ।

About Author

Advertisement