डेञ्जोङ लोसुङ इन्टर भिलेज ट्रेडिसनल आर्चेरी प्रतियोगिताको फाइनल खेल सम्पन्न

IMG-20221230-WA0332.jpg

गान्तोक: राजधानीस्थित गार्ड ग्राउण्डमा गत ४ दिसम्बरदेखि शुरू बएको डेञ्जोङ लोसुङ इन्टर भिलेज ट्रेडिसनल आर्चेरी प्रतियोगिताको आज फाइनल खेल सम्पन्न भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राजकुमारी हपलिजम रहेकी थिइन्, भने विशिष्ट अतिथिमा मन्त्री केएन लेप्चा, पूर्व विधायक कुङ्गा जाङ्पो भोटिया लगायत अन्यहरूको उपस्थिति रहेको थियो। गत ४ दिसम्बरदेखि शुरू भएको यस प्रतियोगितामा राज्यका कूल २५ वटा टोलीले सहभागिता जनाएको आयोजक समितिका सल्लाहकारले जानकारी गराएका छन्। यार्गे एसोसिएशन अफ् ताथाङचेनद्वारा आयोजित यस प्रतियोगिताको मुख्य़ लक्ष्य र उद्देश्य भनेको आफ्नो जातिको संस्कार र परम्पराको संरक्षण गर्नु रहेको हो। हाल आर्चेरीमा विभिन्न नयाँ तकनिकीको विकास भएकोले यसको लोप भएर जान सक्ने सम्भावनालाई ध्यानमा राख्दै पारम्पारिक ढङ्गमा यो प्रतियोगिता आयोजना गरिएको उनको भनाइ रहेको छ। आजको फाइनल खेल यावाछे बनाम सापा राई गाउँबीच भएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *