दुई दशकपछि ताथङ्गचेनमा लोसुङ-नामसुङ पर्वको आयोजना

IMG-20221230-WA0333.jpg

गान्तोक: करिब दुई दशकपछि राजधानी गान्तोक नजिक चानमारीमा यस वर्ष भोटिया अनि लेप्चा समुदायको प्रमुख पर्व लोसुङ-नामसुङ उत्सव आयोजना गरिएको छ। आज क्षेत्र विधायक तथा सिक्किम सरकारका स्वास्थ्य एवं खेलमन्त्री कुङ्गा निमा लेप्चाले यस दुई दिवसीय समारोहको विधिवत उद्घाटन गरे। विभिन्न कार्यक्रमको साथमा आयोजित यस समारोहमा साँझको सांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम मुख्य आकर्षण हुने आयोजक पक्षको भनाइ रहेको छ। यस समारोहमा राज्यका विभिन्न स्थानबाट म्यूजिकल ब्याण्ड एवं सांस्कृतिक टोलीहरूले सहभागिता जनाएको छ।

स्थानीय युवाहरूको तत्पर्तामा आयोजित यस लोसुङ-नामसुङ पर्वको मुख्य उद्देश्य राज्यमा भाइचार अनि साम्प्रदायिक सद्भावनाको संदेश दिनु रहेको छ। उद्घाटन कार्यक्रमको असरमा पत्रकारहरूसित कुराकानी गर्दै करिब दुई दशकपछि चानमारिमा यसरी लोसुङ नामसुङ उत्सव आयोजना गरेकोमा मन्त्री कुङ्गा निमा लेप्चाले आयोजक पक्षलाई धन्यवाद दिए। यसको साथै उनले भाइचारा र साम्प्रदायिक सद्भावनाको संदेश फैलाउन भोटिया र लेप्चा मात्र नभएर सबै जाति र समुदायले यस समारोहमा उत्साहसित सहभागिता जनाउने अपील पनि गरे। यस्तै कार्यक्रमहरूले सिक्किम राज्यको एकता र साम्प्रदायिक सद्भावनालाई अझ बलियो बनाउने पनि उनले थप बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *