मल्ली खेल मैदानमा क्षेत्रस्तरीय फुटबल टुर्नामेन्ट आरम्भ

IMG_20221230_234749.jpg

गान्तोक: मल्ली बजार खेल मैदानमा मल्ली फुटबल क्लबको तत्वावधानमा मल्ली क्षेत्र स्तरीय दिग्राम पञ्चायत एकाईस्तरीय फुटबल प्रतियोगिता शुरु भयो। यस प्रतियोगिताको उद्घाटन कार्यक्रममा नयाँबजार जोराथाङ नगर पञ्चायतका अध्यक्ष पवित्र मानव मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा मल्लीडाँडा तुरुक की जिल्ला पञ्चायत सदस्य नवमित लेप्चा, सदाम शुक्रबारे ग्राम पञ्चायत इकाइका पञ्चायत सभापति लगायत सदस्यगण लगायत समाजका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। फुटबललाई गाउँमुखी बनाएर मल्ली क्षेत्रका सबै ग्राम पञ्चायत इकाइका फुटबल खेलाडीहरुलाई आफ्नो खेल प्रदर्शन गर्ने साथै यहींबाट एउटा राम्रो मल्ली क्षेत्र स्तरको फुटबल दल निकाल्ने साथै एफसी मल्लीमा पनि यहींबाट खेलाडीहरूको छनौट गरेर प्रशिक्षण दिने उद्देश्य लिएर यो प्रतियोगिताको आयोजना गरिएको हो। एफसी मल्लीको मुख्य उद्देश्य नै फुटबलको क्षेत्रमा हाम्रा गाउँका खेलाडीहरुलाई यस खेलमा दक्ष बनाएर समाज तथा राज्यको लागि नै उत्कृष्ट खेलाडिहरु जन्माउने हो। यसको लागि यस संस्थाले धेरै कार्यहरू गर्दै आई रहेको छ। यस प्रतियोगितामा मल्ली क्षेत्रका सात वटा ग्राम पञ्चायत इकाइ साथै एफसी मल्ली गरी जम्मा आठवटा दलले भाग लिएका छन्। पहिलो दिनको खेल सदाम शुक्रबारे ग्राम पंचायत इकाइ तथा एफसी मल्ली बीच सम्पन्न भएको थियो जसमा एफसी मल्लीले सुन्यको विरुद्ध चार गोलले विजयी भयो। एफसी मल्लिका खेलाडी आकाश सुन्दासलाई उत्कृष्ट खेलको निम्ति म्यान अफ दि म्याच पुरस्कारले सम्मानित गरियो। यस प्रियोगितको फाइनल खेल आगामी ५ जनवरी २०२३ को दिन खेलाईने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *