जङ्गुको नामसुङ पर्व मन्त्री लामाको सहभागिता

IMG-20221230-WA0330.jpg

गान्तोक: मंगन जिल्लाको अप्पर जङ्गुमा हिजोदेखि शुरू भएको तीन दिवसीय राज्यस्तरीय नामसुङ पर्वको दोस्रो दिन मन्त्री सोनम लामा मुख्य अतिथिकोरूपमा रहेका थिए। उल्लेखनीय छ, नाम्प्रिकदाङको खेल मैदानमा आयोजित यस पर्वको उदघाटन राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चाले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले सर्वप्रथम नामसुङ पर्वको सबैलाई हार्दिक शुभकामना दिए। मंगन जिल्लामा वर्ष १९७६ देखि यो पर्व अति उत्साहपूर्वक पालन गर्दै आइरहेको जानकारी गराए। उनले लेप्चा समुदायको लोप हुँदै गइरहेको परम्परा र संस्कृतिको संरक्षण गर्नुपर्ने सबैलाई आग्रह गरे। यसरी नै उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको आमाको निधनमा प्रार्थना गर्दै यस घडी मृतकका परिवारलाई ईश्वरले सहन गर्ने शक्ति प्रदान गरून भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *