प्रधानमन्त्रीकी आमाको निधनमा एसडीएफ पार्टीद्वारा भावपूर्ण श्रद्धाञ्जलि व्यकत

4a95a8acc0ae8ebc4cf5e40927ce63fd.webp

गान्तोक: सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) ले प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधनमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै दिवंगत आत्माको परमधामको यात्रा शान्तिपूर्ण रहोस् भनी कामना गरेको छ। प्रेस विज्ञप्तिमा भनेको छन् कि ‘प्रधानमन्त्री श्री नरेन्द्र मोदीकी परमपूज्य आमा हिराबेन मोदी शानदार १०० वर्षको जीवन बिताएर ईश्वरको आश्रममा पुग्नुभएको छ। उहाँको परमधामको यात्रा शान्तिपूर्ण रहोस् भन्ने कामनासहित एसडीएफ पार्टी र सम्पूर्ण एसडीएफ परिवार भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछ। ‘एसडीएफले प्रधानमन्त्री मोदीलगायत उहाँका परिवारलाई ममतामयी आमाको वियोगको यस पीड़ालाई सहन गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भनी कामना पनि गरेको छ। एसडीएफले भनेको छ, ‘स्व. हिराबेन मोदीले तपस्यामय जीवनको यात्रा तय गर्दै निष्काम व्यवहार र कर्मले सामाजिक मूल्यहरूप्रति प्रतिबद्ध रहेर आफ्नो अमूल्य चोला १०० वर्षको उमेरमा ईश्वरमा समर्पण गर्नुभएको छ।’ एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङ तथा एसडीएफ पार्टीले सबै सिक्किमेली जनताका पक्षबाट प्रधानमन्त्री नरेन्द्र मोदीकी आमाको निधनमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *