गान्तोक- प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबा मोदीको निधनमा मुख्यमन्त्री प्रेमसिंह तामाङले गहिरो दुःख प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आफ्नो आधिकारिक फेसबुक पेजमा जारी शोक सन्देशमा प्रधानमन्त्री नरेन्द्र मोदीकी आदरणीय आमा हीराबेन मोदीको निधनको खबरले अत्यन्त मर्माहात अनि दुखी बनेको बताएका छन् ।
मुख्यमन्त्री तामाङले सिक्किमे जनता, सिक्किम सरकार तथा आफ्नो व्यक्तिगत तर्फबाट प्रधानमन्त्री मोदी, उनका | परिवार र शुभचिन्तकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। उनले दिवंगत आत्माको चिर शान्तिको निम्ति प्रार्थना पनि गरेका छन् ।