मंगन- लोवर जगुमा जारी राज्यस्तरीय नामप्रिकदाङ नामसुङ उत्सव २०२२ को दोस्रो दिन ग्रामीण विकास विभाग मन्त्री सोनाम लामा मुख्य अतिथिका रूपमा सहभागी बने। कार्यक्रममा जगुका विधायक पिन्चो नामग्याल लेप्चा, जिल्ला अध्यक्ष, जिल्ला उपाध्यक्ष, मंगनका एडीसी, एसडीएम आदि उपस्थित थिए।
मुख्य अतिथि मन्त्री लामाले नामसुङको सबैमा हार्दिक बधाई व्यक्त गरे। जङ्गुका मानिसहरूले वर्ष १९७६ देखि यो चाड मनाउँदै आइरहेकोमा क्षेत्रवासीहरूको उत्साह र प्रयासको सराहना गरे। यसरी चाड मनाउँदै आइरहँदा लेप्चा समुदायको हराउँदै गइरहेको परम्परा र संस्कृति संरक्षण अनि संवर्धन पनि भइरहेको उनले बताए । मन्त्री लामाले प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबा मोदीको निधनमा गहिरो शोक व्यक्त गर्दै प्रधानमन्त्रीप्रति समवेदना व्यक्त गरे ।
उत्सवको दोस्रो दिन विभिन्न पारम्परिक कार्यक्रमहरू, पारम्परिक खेलकुदहरू र स्थानीय कलाकारहरूद्वारा सांगीतिक प्रस्तुतिहरू सम्पन्न गरियो ।








