मिजोरमको चम्फई जिल्लामा दुर्घटना

आइजवल– आज बिहान उत्तरपूर्वी राज्य मिजोरमको चम्फई जिल्लामा एउटा ठूलो दुर्घटना भएको छ। एक महिलासहित कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले महानगरीय अस्पताल रेफर गरिएको छ। राज्यका परिवहन मन्त्रीले घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।

चम्फई जिल्लाको आइजवलबाट आठजना यात्री लिएर जोखाथर जाँदै गरेको म्याक्सी क्याब सर्भिस (टाटा सुमो गाडी) रहेको थियो। अनियन्त्रित ट्याक्सी भीरबाट खसेर चुड्ते क्षेत्रमा दुर्घटना भएको हो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । घटनाको जानकारी पाएपछि राज्यका परिवहन मन्त्री टीजे लालनुन्तलुङ्गाले चम्फई जिल्ला अस्पतालमा मृतक र घाइते बिरामीका आफन्तहरूको अवस्थाबारे जानकारी लिन पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement