कोलकता: मुख्यमन्त्री ममता ब्यानर्जीको अगाडि फेरि एकपटक जय श्री रामको नारा लगाइयो। अवसर थियो वन्दे भारत रेल उद्घाटन सरकारी कार्यक्रम। यहाँ भाजपाको जय श्रीरामको नाराले फेरि राजनीति तातेको छ । तृणमूलले रामको नाम मनबाट नभएर चिढ्याउनको निम्ति लगाएको आरोप छ । मन्त्री फिरहाद हाकिमले भने, ‘हामी सबैले रामको नाम लिन्छौँ तर भाजपाले रामको नाम प्रयोग गरिरहेको छ । जलाउनका लागि रामको नाम लिनु अनुचित हो। जबकि बीजेपी सांसदले तृणमूलको आरोपलाई अस्वीकार गरे, तिनले भने कि प्रधानमन्त्रीलाई देखेर कार्यकर्ताहरू उत्साहित हुन्छन्। जय श्रीराम हृदयबाट निस्कन्छ, राजनीतिसँग यसको कुनै सम्बन्ध छैन।










