प्रधानमन्त्री मोदीको नेतृत्वअन्तर्गत न्याय पाउने छन्: राजु बिष्ट

सिलगढी: आफ्नी आमा हीराबेन मोदीको अन्तिम संसार सकेलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले वन्दे भारत एक्सप्रेसको उद्घाटन गरेl उनकी आमाको निधनमा सांसद राजु बिष्टले गहिरो शोक प्रकट गरेका छन्l सांसद राजु बिष्टले प्रेस विज्ञप्ति जारी गरेर भने, ‘कुनै पनि व्यक्तिले भोग्नु पर्ने सबैभन्दा ठूलो व्यक्तिगत पीड़ा सहेर पनि अतुलनीय कर्तव्य पराणयता, राष्ट्रको सेवा अनि ‘माँ भारती’को हितलाई सर्वोपरि राख्नुले प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तित्वलाई परिभाषित गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदी, अहमदाबादमा उनकी आमा हीराबेनको अन्तिम संस्कार गरेपछि न्यू जलपाईगढीलाई हावड़ासँग जोड़्ने ‘वन्दे भारत एक्सप्रेस’लाई हरियो झण्डा देखाएर रवाना गर्न भीडियो कन्फ्रेन्सिङ मार्फत जोड़िनुभयोl’

यो  वन्दे भारत रेलगाड़ी देशमा शुरु गरिएको सातौँ अनि पश्चिम बङ्गालको पहिलो हो। यो रेलमरम्मत र रखरखाव निम्ति बुधबारको दिन छोड़ेर हप्तामा ६ दिन चल्नेछ। ‘यस रेलगाड़ीको कारण कोलकातादेखि न्यूजलपाईगढीसम्मको यात्राको समयमा ३ घण्टाभन्दा धेरैको कटौती हुनेछ। यसले तीव्र यात्रा सुनिश्चित गर्नका साथै यात्रुहरूलाई सुरक्षित अनि कठिनाईमुक्त सेवा पनि प्रदान गर्नेछ। यस रेलगाड़ीले हाम्रो क्षेत्रमा अझ बढ़ी पर्यटकहरू अनि यात्रुहरूको आवागमनमा मद्दत गर्नेछl’ वन्दे भारत रेलका साथै प्रधानमन्त्री मोदीले न्यू जलपाईगढी रेलवे स्टेशनको पुनर्विकास लगायत पश्चिम बङ्गाल निमित अनेकौँ रेलवे परियोजनाहरूको आधारशिला पनि राखे। 

सांसद राजु बिष्टले भने, ‘स्वतन्त्रतापछि दशकौँसम्म हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्स, साथै समग्र उत्तर बङ्गाल वञ्चित रहिआएको अनि भेदभावको समाना गरिरहेको थियो। तर केन्द्रमा मोदी सरकारले हाम्रो क्षेत्रको विकासलाई प्राथमिकता दिइरहेको हुँदा यो सबै परिदृश्य बदलिँदैछ। बालासनदेखि सेवोकलाई जोड़्ने सिलगढ़ी एलीभेटेड हाईवे करिडोरको काम, बागडोगरा हवाई अड्डाको पुनर्विकास, सिलगढ़ी रिङ्ग रोड परियोजना, सेवोक-रङपु रेल परियोजना, कालेबुङलाई बाग्राकोटसँग जोड़्ने एनएच ७१७ए को निर्माण कार्य, एनएच १० को पुनर्निर्माण, कोरोनेशन ब्रिजको वैकल्पिक पुल परियोजना, क्षेत्रभरि अहिले लागू भइरहेको हर घर जल योजना केन्द्रीय सरकारद्वारा उत्तर बङ्गाललाई दिइएको प्राथमिकताको द्योतक होl’

उनले अझ भने, ‘मलाई यहाँ यो बताउँदा धेरै खुशी अनुभव भइरहेको छ कि वर्तमानमा हाम्रो दार्जीलिङ, कालेबुङ, सिलगढ़ी, तराई अनि डुवर्समा केन्द्रीय सरकारद्वारा रु.५० हजार करोड़ बढ़ीको विकास परियोजनाहरू शुरु गरिएको छ। यी परियोजनाहरूले हाम्रो सुन्दर थलोलाई भारतमा सबै भन्द तीव्र गतिमा विकसित भइरहेका क्षेत्रहरूमध्ये एक बनाउने छन्l’

उनले अझ यसो भनेका छन्, ‘म हाम्रा जनतालाई आश्वस्त गर्दछु कि यो त भर्खर शुरुआत मात्रै हो, हाम्रो पार्टी अनि हाम्रो सरकारले दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनतासँग गरेको सबै वाचाहरूलाई पूरा गर्नेछ। हाम्रो क्षेत्र र जनताले प्रधानमन्त्री मोदीको नेतृत्वअन्तर्गत न्याय पाउने छन् अनि उनीहरूका आकांक्षाहरू अवश्य पूरा हुनेछन्l’

आज हावड़ामा आयोजित कार्यक्रममा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जी, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव तथा अन्य नेताहरू उपस्थित थिए। न्यू जलपाईगढ़िमा सिलगढ़ी भाजपा अध्यक्ष तथा मतिगड़ा-नक्सलवाड़ी विधायक आनन्दमय बर्मन, सिलगढ़ीका विधायक डा. शङ्कर घोष, एनएफआरका महाप्रबन्धक अन्सुल गुप्ता तथा अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित थिए।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement