कालचिनी – कालचिनी खन्डमा तृणमूलको ११ वटा अञ्चल कमिटीको चेयरम्यान र सभापतिको घोषणा भए तापनि धेरै अञ्चलहरूमा यसको पूर्णाङ्ग कमिटीको घोषणा क्रमैले हुँदै आईरहेको छ। आज यसै क्रममा तृणमूल साताली अञ्चल चेयरम्यान कैलाश छेत्रीले पार्टी कार्यालयबाट साताली अञ्चल कमिटीको पूर्णाङ्ग खेस्राको घोषणा गरेका छन्। यस पूर्णाङ्ग कमिटीमा अञ्चल चेयरम्यान कैलाश छेत्री, सभापतिमा कैलाश विश्वकर्मा लगायत महासचिव र सचिव एवम् मीडिया सेल र कार्यकारिणी सदस्यहरू गरी जम्मा ७५ जनाको नामको अनुमोदन पार्टीको जिल्ला अनि ब्लक कमिटीबाट भएको घोषणा गरिएकोले आज यसलाई सार्वजनिक गरीएको चेयरम्यान कैलाश छेत्रीले जनाएका छन्।
जिल्ला कमिटीको निर्देश अनुरुप १७ वटा बुथ कमिटीहरू सबै बनेको र आगामी पञ्चायत चुनाउमा जम्मा १९ जना पञ्चायत आसनहरू सबै तृणमूलले जित्ने दाबी पनि साताली अञ्चल चेयरम्यान कैलाश छेत्रीले गरेका छन्।









