कालचिनी – जयगाउँ एक नम्बर ग्राम पञ्चायतको भाजपा निर्वाचित पञ्चायत सदस्य अमित कुजूरको नेतृत्वमा शुक्रबार प्रायः १५ परिवार तृणमूलमा सामेल भएको तृणमूल सुत्रले जनाएका छन्। जयगाउँमा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा र तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँव लगायत टीएमसीपी कालचिनी ब्लक सभापति हैदर अली अन्सारी, आईएनटीटीयूसी कालचिनी ब्लक सभापति पेमा लामा, तृणमूल अञ्चल सभापति रोशन उराँवको उपस्थितिमा आज पञ्चायत सदस्य अमित कुजूर लगायत १५ भाजपा परिवारका सदस्यहरूलाई तृणमूलको झण्डा प्रदान गर्दै दलमा स्वागत जनाईएको थियो।
तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले पञ्चायत चुनाउ अघि भाजपा कमजोर भएको र आगामी चुनाउमा भाजपाले एउटा आसन पनि जित्न नसक्ने दाबी भाजपा नेताहरुले गरेका छन्।











