बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट: सिविटारलाई पराजित गरी विकास ईलेभेन तीनधारे क्वाटर फाईनलमा प्रवेस

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट अन्तर्गत शुक्रवार भएको खेलमा विकास ईलेभेन तीनधारेले सिविटारलाई पराजित गरी क्वाटर फाइनलमा प्रवेस गरेको छ। नव ज्योति संघ चुनभट्टीको आयोजनामा गत २४ दिसम्बरदेखि शुरु भएको बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको आज शुक्रबार भएको खेलमा सिविटारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको थियो। विकास ईलेभेन तीनधारेले पहिला व्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा १४७ रन बनाएर १४८ रनको लक्ष्य दिएको थियो। यसमा तीनधारेको पक्षमा विक्की सुनारले सर्वाधिक ४२ रन बनाएका थिए। १४८ रनको लक्ष्यलाई खेदो गर्दै सिविटारले १३.४ ओभरमा सबै दशवटा विकेटहरू गुमाएर केवल ८९ मात्र बनाउन सकेको थियो अनि तीनधारेले खेल ५८ रनले जितेर क्वाटर फाइनलमा प्रवेस गरेको छ। सिविटारको पक्षमा बिजेन्द्र तामाङले सर्वाधिक ३४ रन बनाएका थिए। आजको खेलमा अतिथिको रुपमा अशोक लामा र विवेक प्रधान उपस्थित रहेका थिए। आजको खेल विषयमा आयोजक समितिको पक्षबाट नव ज्योति संघ चुनभट्टीको संयोजक रञ्जित थापाले पत्रकारहरूलाई सम्बोधन गर्दै बाबु प्रसादकोको वास्तविक नाम राजेस प्रसाद हुन् अनि उनी क्रिकेट खेलेर नै उनलाई बाबु भनेर भन्ने गरेको अनि उनी नव ज्योति संघ चुनभट्टीको क्रिकेट रहेकोले उनको स्मृतिमा यो बाबु मेमोरियल क्रिकेट टुर्नामेन्ट आयोजना गरिएको बताएका छन्। उनले भोलि शनिबार हुने म्याच हिरो तीनधारे क्रिकेट बजार बनाम १७ माइल अनि लिंकन क्लब सिपाहीधुरा र कोपरा तीनधारेमाझ क्वाटर फाईनल खेल सम्पन्न हुने पनि जानकारी गराएका छन्। रञ्जित थापाले पत्रकारहरूलाई जानकारी गराए अनुसार बाबु मेमोरियल क्रिकेट टुर्नामेन्टको फाइनल खेल आगामी ८ जनवरी २०२३ हुने पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement