पीएमवाई लिएर आईसीडीएस कर्मीको घर घेराउ


कालचिनी – प्रधानमन्त्री आवास योजनाको सर्वेक्षण लिएर वर्तमान चारैतिर आक्रोश फैलीरहेको छ भने यसलाई लिएर तृणमूल र भाजपाको वाक्युद्ध जारी छ। आज यसै क्रममा हेमिल्टनगञ्ज क्षेत्रको विवेकनगर पार्टमा पीएमवाई सर्वेक्षणमा खटिएका आईसीडीएस कर्मीको घर अघि पीएमवाई सूचीमा नाम काटेको अभियोग लगाउँदै हल्लाखल्ला गरेको थियो। यस सम्बन्धमा आईसीडीएस कर्मी शक्ति बसुले आफू एकजना आईसीडीएस कर्मी भएकोले सर्भेमा खटिएको तर नाम काटने र हाल्ने क्षमता आफ्नो नरहेको तर कतिपय मानिसहरूको भड़काईमा परेर वञ्चित मानिसहरू आफूकहाँ रिस झार्न आएको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement