तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः युनाइटेड दार्जीलिङ सजिलै क्वार्टर फाइनलमा

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा युनाइटेड दार्जीलिङले सजिलै जीत हासिल गरी क्वार्टर फाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा शुक्रवार भएको म्याचमा युनाइटेड दार्जीलिङले एफसी मल्लीलाई ४-१-ले पराजित गऱ्यो। विजेता टीमबाट ज्योति छेत्री, नयन राई र आशिष राईले गोल गरे। एक गोल आत्मघाती (मनिष तामाङ, एफसी मल्ली) रह्यो। यसरी नै एफसी मल्लीबाट एकमात्र गोल भीम प्रधानले छिराए। विजेता टीमका प्रसिद बराईलीलाई प्लेयर अफ द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement