एसएफआईको स्थापना दिवसमा निःशुल्क आँखा जाँच शिविर


कालचिनी- शुक्रबार स्टुडेन्ट फेडेरेशन अफ इण्डिया (एसएफआई) को ५३औँ स्थापना दिवसको उपलक्ष्यमा एसएफआईको पक्षबाट हेमिल्टनगञ्जस्थित सीपीआईएम दलीय कार्यालयमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गऱ्यो। उक्त शिविरमा प्रायः २०० जति मानिसहरूले आँखा जाँच गराएको थियो भने ७० जनालाई सित्तैमा चस्मा वितरण र १५ जना मोतियाबिन्द रोगीहरूलाई अलिपुरद्वार पठाईने व्यवस्था एसएफआईले गर्ने एसएफआई कालचिनी ब्लक सभापति पोलोमी गांगुलीले बताएका छन्।
आज उक्त अवसरमा डीवाईएफआई अलिपुरद्वार जिल्ला सचिव मण्डलीय सदस्य जयदीप घोष एवम् सीपीआईएम नेताहरूको उपस्तिथि रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement