आईटीबीपीद्वारा दुर्लभ उपलब्धी हासिल

ITBP

नयाँ दिल्ली: भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) ले एकपल्ट फेरि अझ् एक दुर्लभ उपलब्धी हासिल गरेको छ, जब बलका पर्वतारोहीहरूले उत्तराखण्ड हिमालयमा २२,८५० फीटको उचाईमा हिउँको स्थितिमा योगाभ्यास गरे। आईटीबीपीका प्रवक्ता विवेक पाण्डेयले बताएअनुसार आईटीबीपी पर्वतारोहीहरू गत हप्ता माउन्ट अबी गामिनको शिखरमा थिए, जब उनीहरूले मार्गमा हिउँले ढाकेको एक क्षेत्रमा एक ठाउँ अग्लो उचाईको योग सत्र आयोजित गरे।

पर्वतको शिखरमा पुग्ने क्रममा आईटीबीपी पर्वतारोहीहरूको १४ सदस्यीय टीमले लगभग १ जून २०२२ मा हिउँको स्थितिबीच २० मिनटसम्म योगाभ्यास गऱ्यो अनि अहिलेसम्मको कुनै पनि व्यक्तिद्वारा सबैभन्दा अधिक उचाई भएको क्षेत्रमा योगाभ्यास सत्रलाई रेकर्ड गऱ्यो। आईटीबीपी पर्वतारोहीहरूद्वारा यो एक दुर्लभ प्रयास थियोl यति अग्लो उचाईमा अत्यधिक हाई एल्टीट्यूड भएको योग अभ्यास पहिले कहिले पनि देखिएको थिएन। यी उचाईमा प्रतिकूल परिस्थितिहरूमा यो आफ्नो किसिमको एक अनौठो रेकर्ड हो। अन्तर्राष्ट्रिय योग दिवसमा प्रधानमन्त्रीको दृष्टिकोण र यस वर्षको थीम- ‘मानवताको निम्ति योग’ ले प्रेरित भएर आईटीबीपी पर्वतारोहीहरूले यति उचाईमा योगाभ्यास गरे अनि मानिसहरूलाई विभिन्न योगासनहरूको अभ्यास गरी फिट रहने सन्देश दिए। गत केही वर्षमा आईटीबीपीले हिमालयका अग्ला क्षेत्रहरूमा शीर्ष पर्वत श्रृंखलाहरूमा योगासन गरी योगलाई प्रोत्साहन दिने धेरै पहल गरेको छ। आईटीबीपीका जवान लद्दाख, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरूणाचल प्रदेश सहित भारत-चीन सीमाहरूमा विभिन्न उचाई भएका हिमालय पर्वतमालाहरूमा सूर्य नमस्कार र विभिन्न योगासन सहित विभिन्न आसन गरी योगलाई प्रोत्साहन दिनमा अनुकरणीय अनुकरणीय योगदान गरिरहन्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement