उत्तर जिल्लामा तीन दिवसीय राज्यस्तरीय नामसुङ पर्व शुरू

गान्तोक: मंगन जिल्लाको अप्पर जङ्गुमा आजदेखि तीन दिवसीय राज्यस्तरीय नामसुङ पर्व शुरू भयो। नाम्प्रिकदाङको खेल मैदानमा आयोजित यस पर्वको उदघाटन राज्यका शिक्षा विभाग मन्त्री केएन लेप्चाले गरेका हुन्। यस अवसरमा उनी मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने क्षेत्र विधायक पिन्छो नामग्याल लेप्चा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। लेप्चा संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने आकांक्षाका साथ तीन दिवसीय पर्व आयोजना गरिएको हो। तीन दिनसम्म चल्ने महोत्सवमा सांगीतिक तथा परम्परागत कार्यक्रम, स्थानीय परिकार, कला र कलाकृति र स्वदेशी खेलकुद प्रस्तुत गरिने आयोजक समितिले जानकारी गराएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले यस स्थानमा नामसुङ पर्व मनाउन पाएकोमा खुशी व्यक्त गरे। उनले नामसुङको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।

उनले जङ्गुको भूमिलाई पृथ्वीकै स्वर्गको रूपमा रहेको प्रशंसा गर्दै यस क्षेत्रका जनताले गरेको प्रगतिको प्रशंसा पनि गरे। अन्तमा मन्त्रीले शिक्षकहरूलाई प्रत्यक्ष लाभ पुग्ने र राज्यको शिक्षाको गुणस्तरमा सुधार ल्याउन राज्यका शिक्षा नीतिहरूको बारेमा संक्षिप्तरूपमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement