गान्तोक: सोरेङ जिल्लाको टिम्बुरबुङ आरुबोटे टारबारीस्थित लाल बहादुर सुब्बाको घर आगलागी काण्डमा परेर स्वाहा भएको छ। उक्त घटना बुधबार राति लगभग ११:३० बजे घटेको बताइएको छ। पीडित सुब्बाको दुईवटा घरहरु मध्ये एउटा घर पूर्णरूपमा जलेर खरानी भएको छ। आगोको चपेटमा परेर घरभित्र रहेको चारवटा सिलिन्डर पड्किँदा आगोले उग्र रूपमा लिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। घरमा रहेको फ्रीज साथै अन्य सामाग्रीहरु सबै जलेर स्वाहा भएको छ। स्थानीय गाउँलेहरुको अथक प्रयासले गर्दा छेवैमा रहेको अर्को घर बचाउन सफल भए। तरै पनि पीडित सुब्बाको निकै क्षति पुग्यो।
घटनाको सुचना पाउन साथ स्थानीय पञ्चायत, मुख्यमन्त्री सीए आशमान सुब्बा, क्षेत्र विधायक आदित्य गोलेका पीए दिनक पाण्डे र सोरेङ जिल्लाका सम्बन्धित अधिकारीहरुले घटना स्थलगत भ्रमण गरेर क्षयक्षतिको जानकारी लिएका छन्। यस घटनाको ठोस कारण भने अहिलेसम्म पत्तो लाग्न सकेको छैन।








