खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित महकुमा स्तरीय महिला लीग कम् नक्आउट फूटबल टुर्नामेण्टको दोस्रो संस्करणमा आज दुईवटा म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा बिहीवार भएको पहिलो म्याचमा खरसाङ युनाइटेड सिस्टर्सले जेआर ३२-लाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट एञ्जेल राईले २ र अन्वेश्का गुरुङले १ गोल गरिन्। जेआर ३२-बाट एस मुखियाले १ गोल गरिन्। दोस्रो म्याचमा हिल्स फूटबल एकाडमी (एचएफए)-ले मकैबारी युनाइटेडलाई ९-०-ले पराजित गऱ्यो। विजेता टीमबाट रानी सौरिया एक्लैले ५ गोल गरिन्। आजको म्याचमा अर्बिन छेत्री मुख्य रेफरी थिए। यसबाहेक नवराज थापा र उज्ज्वल लामा सहयोगीको भूमिकामा रहेका थिए। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा सातवटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ३ जनवरीमा हुनेछ। यसरी नै फाइनल ५ जनवरीमा खेलिनेछ।










