पञ्चायत चुनाउः ३.५ लाख तृणमूल कार्यकर्ताले जनसम्पर्क गर्ने

कोलकाता: पश्चिम बंगालमा आगामी वर्ष सम्पन्न हुने पञ्चायत चुनाउलाई ध्यानमा राख्दै सत्ताधारी तृणमूल कांग्रेसले जनसम्पर्कमा लागिपरेका छन्। यसो निम्ति कुनै कसर बाकी नराख्ने निर्णय लिएको छ। २०२४ को लोकसभा चुनाउभन्दा पहिला पञ्चायत चुनाउमा राम्रो प्रदर्शनको निम्ति पार्टीले यसपाली ठूलो कदम उठाएको छ। तृणमूलका ३.५ लाख कार्यकर्ता राज्यभरि जनसम्पर्कमा जुटेका छन्। पार्टीका एक नेताले भने, तृणमूल कांग्रेसले पश्चिम बंगालमा पञ्चायत चुनाउलाई ध्यानमा राख्दै दुई जनवरीदेखि जनसम्पर्क कार्यक्रम शुरू गर्नेछ। कार्यक्रम अन्तर्गत ३.५ लाख कार्यकर्ताले राज्यवासीहरूलाई कल्याणकारी योजनाहरूबारे अवगत गराउने छन्। यसको शुरूवात कोलकाताको नजरूल मञ्चमा पार्टीको एक सम्मेलनमा गरिने छ। मुख्यमन्त्री ममता ब्यानर्जी र तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जीले सम्मेलनलाई सम्बोधित गर्नेछन्। अधिवेशनमा राज्य, जिल्ला र ब्लक समितिका पदाधिकारीहरू तथा विधायक र सर्यो पार्टी कार्यकर्ताले भाग लिनेछन्। अधिवेशनमा महत्वपूर्ण घोषणाहरू हुने आशा छ। तीन हजारभन्दा धेरै ग्राम पञ्चायतमा करोड़ी मानिसहरूसम्म पुग्न एक व्यापक कार्यक्रम शुरू गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement