मङ्पुः आज मङ्पु जन मैदानमा मङ्पु युनाइटेड भेटरेन फुटबल अनि खेलकुद सङ्घ साथै लोवर सिटोङ खेलकुद सङ्घको आयोजनामा स्थानीय नानीहरुलाई लिएर संयुक्त रूपमा फुटबल प्रशिक्षण शिविर सम्पन्न भयो। मङ्पु भेटरन सङ्घले मङपु जनमैदानमा अनि सिटोङ भेटरेन सङ्घले लोवर सिटोङ डायरी गाउँमा नानीहरुलाई शीतकालिन फुटबल प्रशिक्षण गराइ रहेता पनि आज दुई आयोजक दलले संयुक्त रूपमा मङपु मैदानमा फुटबल प्रशिक्षण गराउनको साथै ईको फ्रेन्डली म्याच पनि गराए। नानीहरुले शीतकालिन छुटीमा अधिकजसो समय मोबाइल मात्र चलाउने भएकोले फुटबल प्रशिक्षण गर्दा नानीहरुको स्वस्थ्य पनि ठीक हुने भएको अनि कुलतदेखि जोगाउन नै फुटबल प्रशिक्षण गराएको कुरा भुतपूर्व खेलाडीहरू अल्फेड कार्थक र डिगेल लेप्चाले बताए।










