भारतीय सेनाका एक जवानको उत्तर सिक्किममा जलवायु अनुकूलनको क्रममा निधन

गान्तोक: भारतीय सेनाका एक जवानको उत्तर सिक्किममा जलवायु अनुकूलनको क्रममा निधन भएको छ। पुलिस रिपोर्ट अनुसार, उत्तर सिक्किमको छातेन, लाचेनमा तैनात २/१ गोर्खा राइफल्सका नायब सुबेदार (सीएलके) एस. माइकल स्वामीको निधन भएको छ। ४९ वर्षीय स्वामी तमिलनाडु (नीलगिरी) निवासी थिए। जलवायु- अनुकूलनको क्रममा हार्ट स्ट्रोक अथवा हाई अल्टीट्यूड सिकनेसका कारण उनको मृत्यु भएको हुन सक्ने सम्भावना व्यक्त गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement