युक्रेनका धेरै प्रमुख शहरहरूमा रूसले आक्रमण गरेपछि देशभर हवाई आक्रमणको चेतावनी जारी गरिएको छ। युक्रेनका शहरहरूमा १०० भन्दा बढी मिसाइलहरू प्रहार गरिएको राष्ट्रपतिका सल्लाहकार ओलेक्सी एरेस्टोभिकले सामाजिक सञ्जालमा लेखेका छन्। राजधानी कीभमा कम्तिमा दुईवटा विष्फोटको आवाज सुनिएको थियो, तर ती मिसाइल आक्रमण वा हवाई आक्रमण थिए भन्ने स्पष्ट हुनसकेको छैन। खार्किभ, ओडेसा र जिटोमिर शहरहरूमा पनि विस्फोटको आवाज सुनिएको थियो। ओडेसाका स्थानीय नेता म्याक्सिम मार्चेन्कोले युक्रेनमा ठूलो मात्रामा मिसाइल आक्रमण भएको बताएका छन्। युक्रेन भर्खरैका हप्ताहरूमा रुसी आक्रमणबाट प्रभावित भएको छ, जसका कारण युक्रेनभरि बारम्बार विद्युत कटौती भइरहेको छ।










