कालचिनी – प्रधानमन्त्री आवास योजनाको लाभार्थीहरू आवास योजनादेखि वञ्चनाको शिकार हुन परेको र पीएमवाईको जारी सूचीबाट पनि दल छुट्याएर आवास योजनाबाट वञ्चित हुन परेको घटनाप्रति आज भाजपा ७ नम्बर मण्डल कमिटीको पक्षबाट दलसिंहपाड़ा ग्राम पञ्चायत कार्यालय अघि प्रदर्शन गरेको थियो भने यसै क्रममा आज चुवापाड़ा ग्राम पञ्चायतमा पनि भाजपा विधायक विशाल लामाको उपस्थितिमा लाभार्थीहरूको वाम काटिएको भन्दै प्रतिवाद गरीएको थियो।
असली सूचीमा २६०० जति लाभार्थीहरूको नामबाट केवल ६०० जनाको नाम रहेको र भाजपा पञ्चायत रहेको संसदबाट नाम काटेको जब कि तृणमूल पञ्चायत भएको बुथमा एउटै घरको लोग्ने स्वास्नीको नाम पीएमवाई सूचीमा रहेको पनि भेटाईएको र सत्तारूढ़ दलको निर्देशमा प्रशासनिक अधिकारीहरूले पनि काम गरिरहेको आरोप भाजपा नेताहरूले लगाएका छन्।









