नगरपार्षदहरु किनेको हाम्रो पार्टीका युवा एकाईका कार्यकर्ताले लगाए आरोप

दार्जीलिङ: दुई चारजना सभासद र नगरपार्षदहरूलाई किनेको आरोप लगाउँदै हाम्रो पार्टीको युवा एकाईका कार्यकर्ता कुङगा हिस्से लामाले लाखेश गरेका छन्। गणतन्त्रको हनन्, निर्वाचित जनप्रतिनिधिहरूलाई किनबेच गरेको आरोप लगाउँदै गोर्खा स्वाभिमान संघर्षले गएको दुई तीन देखि दार्जीलिङको क्यापिटल हल बाहिरको परिसरमा महिनाव्यापी विरोध कार्यक्रम आयोजना गर्दै आइरहेको छ। बुधबार दार्जीलिङ नगरपालिकाको फ्लोर टेस्टलाई ध्यानमा राख्दै प्रशासनले नगरपालिका परिसरमा धारा १४४ जारी गरेको हुनाले गोर्खा स्वाभिमान संघर्षले कार्यक्रमलाई स्थगित गरेको थियो। उनले भने, ‘अहिले पहाडमा देश विदेशहरूबाट घुम्न आएका पयर्टकहरूको घुइंचो छ, आउँदो वर्ष हुने माध्यमिक परीक्षाका लागि विधार्थीहरू टयुशन पढदैछन्। आजका विधार्थीहरू नै भोलीको हाम्रो देशका कर्णधारहरू हुन भन्ने विषयलाई आत्मा मन्थन गरेर गोर्खा स्वाभिमान संघर्षले बुधबारको कार्यक्रमलाई स्थगित गरेका हो। हाम्रो पार्टी भनेको जनताको पार्टी हो, जनताको सेवा गर्न गठन भएको पार्टी होl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement