पाकिम: मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देश अनुसार छुजाचेन निर्वाचन क्षेत्रमा ‘दैलोमा प्रशासन कार्यक्रम शुरू गरिएको छ। यस कार्यक्रमको शुरूवात आज रंगेली बजारको सामुदायिक हलमा आयोजित एक जनसभामा मुख्यमन्त्रीकै उपस्थितिमा गरियो ।कार्यक्रममा विधायक विष्णु कुमार खतिवडा, विधायक केबी राई, पूर्व विधायक विक्रम प्रधान, जिल्ला पञ्चायतहरू, वार्ड पञ्चायतहरू, मुख्यमन्त्रीका सचिव, पाकिमका जिल्लापाल, पुलिस अधीक्षक तथा अन्यहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा आफ्नो सम्बोधन राख्दै मुख्यन्त्री तामाङले ११ घण्टा लामो जनसभामा विभिन्न जन कार्यहरूको क्रियान्वयन, सरकारी काममा नियुक्ति र बिरामीहरूलाई चिकित्सा सहायता सामेल रहने छ भनी जानकारी गराए। उनले रिनाकका जनतासँग नयाँ साल ८ जनवरी र नाथाङ माछोङका जनतासँग १२ जनवरीमा भेट गर्ने बताए।जनसभामा क्षेत्रवासीहरूको व्यापक उपस्थिति रहेको थियो। यस अवसरमा ४५ जना बिरामीलाई मुख्यमन्त्री चिकित्सा सहायता योजना अन्तर्गत चिकित्सा सहायता प्रदान गरियो। यस अवधि प्रशासनले मानिसहरूलाई कुनै प्रकारको असुविधा नहोस भन्ने प्रकारले व्यवस्था मिलाएको थियो ।यस अघि मुख्यमन्त्री तामाङले रिनाकको किङ्ग्स्टोनमा चलिरहेको सप्ताहव्यापी श्रीमद भागवत पुराणमा सहभागी बनेका थिए।









