सोनादा: रङ्गमुक चियाबारीको बगलधुरा गाउँ पुग्ने बाटोको आज विधिवत् रूपमा पुजा अर्चना गरेपछि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान राजेश चौहानले यस सडकको शिलान्यास गरे। आजको यस शुभ मुर्हतमा रङ्गमुक कमानका प्रबन्धक एस मोक्तान, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका स्थानीय नेतृत्वगण तथा अन्य प्रतिनिधिहरु उपस्थित थिए।









