ममता ब्यानर्जीद्वारा शोक प्रकट
काेलकता: मुर्शिदाबाद मेडिकल कलेज तथा अस्पतालमा उपचाराधिन अवस्थामा आज दिउँसो १० बजेर ४० मिनटमा ह्दयघात भएर ७२ वर्षको उमेरमा पश्चिम बंगालका मन्त्री सुव्रत साहाको निधन भएको छ। तिनले आफुपछि पत्नी लगायत छोरा-बुहारीलाई छाडी गएका छन्। राज्यका मुख्यमन्त्री तथा तृणमूल काङ्ग्रेस नेत्री ममता ब्यानर्जीले तिनको निधनमा गहिरो शोक प्रकट गर्दै शोक संतप्त परिवारप्रति संवेदना प्रकट गरेकी छन्। यसको साथै साहाको पार्टीप्रतिको योगदान अनि समाजप्रति गरेको निष्ठावान कार्यहरूलाई कहिल्यै भुल्न नसक्ने तिनले बताएका छन्। मन्त्रीको निधनमा राज्य सरकारले आज अपरान्ह २ बजीपछि राज्यको सबै सरकारी कार्यालयहरूमा अवकाशको घोषणा गरेको छ। अर्कोतिर, पारिवारिक सूत्रमार्फत थाहा लागे अनुसार छात्तीमा अधिक पिडा भएर अस्वस्थ्य भएपछि सुव्रत साहालाई अस्पतालमा भर्ना गरेर तिनको उपचार चलिरहेको थियो। स्मरण रहोस, मुर्शिदाबाद जिल्लाको सागरदिघी आसनबाट सुव्रत साहाले तृणमूल काङ्ग्रेसको टिकटमा तीनपल्ट लगातार २०११, २०१६ र २०१९ को विधानसभा चुनाउ जितेका थिए। मुर्शिदाबाद जिल्लाबाट तृणमूल काङ्ग्रेसको टिकटमा विधानसभा चुनाउ जित्ने तिनी पहिलो व्याक्ति थिए।









