तेस्रो सशिता छेत्री स्मृति फूटबल टुर्नामेण्टः लोप्चु ११ माईल चर्च क्वार्टर फाइनलमा

लोप्चु गेम्स एण्ड स्पोर्टस एसोसिएशनको तत्त्वावधानमा आयोजित सशिता छेत्री स्मृति नक्आउट खुल्ला नक्आउट फूटबल टुर्नामेण्टको तेस्रो संस्करणमा लोप्चु ११ माईल चर्चले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा स्थान बनायो। लोप्चु जनमैदानमा बिहीवार भएको म्याचमा लोप्चु ११ माईल चर्चले दार्जीलिङ डायनामोलाई टाईब्रेकरमा ४-३-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर ४-४-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा दार्जीलिङ डायनामोबाट चारैवटा गोल अमन थापाले गरे। यसरी नै लोप्चु ११ माईल चर्चबाट आमिर लामाले ह्याट्रिक गरे। यसबाहेक १गोल जोन छेत्रीले गरे। विजेता टीमका आमिर लामालाई प्लेयर अफ द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई स्थान दिइएको छ। दुईवटा सेमिफाइनल ११ र १२ जनवरीमा हुनेछ। यसरी नै फाइनल १५ जनवरीमा खेलिनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई सशिता छेत्री स्मृति विनर्स ट्रफीको साथमा १,२०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६०,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement