जीटीए क्षेत्रवासीलाई स्वास्थ्य सेवा पुर्याउन सञ्जीवनी सेवाको सञ्चालन

“सञ्जीवनी सेवाले अस्पताल अनि विरामीहरुको निम्ति साँघुको काम गर्नेछ”: अनित थापा

मिरिक: जीटीए अनि स्वास्थ्य विभागको संयुक्त तत्वावधानमा आज मिरिकमा सम्पूर्ण पहाडमा संजीवनी सेवा सञ्चालनको विधिवत उदघाटन भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए मुख्य कार्यपाल अनित थापाले भने, “कोविड महामारी समय दुर्गम स्थानका विरामीहरुलाई स्वास्थ्य सेवा पुर्याउन संजीवनी सेवा सुरु गरेका थियौं। यस सेवाले अस्पताल अनि विरामीहरुको निम्ति साँघुको काम गरेको थियो।”

दुर्गम स्थानमा पुगेर डाक्टर , नर्स अनि स्वयं सेवकहरुले मानिसलाई स्वास्थ्य सेवा दिएका थिए। त्यही सेवा अब फेरि पहाड भरी नै सञ्चालन हुने बताउँदै थापाले भने, “हाम्रो पहाडले भोग्दै गरेको पीडा नै स्वास्थ्य सेवा हो। जनतालाई सजिलो संग स्वास्थ सेवा पुर्याउन नै सञ्जीवनी सेवाको सञ्चालन गर्दैछौ।”

उनले थप भने, “सिलिगुडी मेडिकल कलेजमा हाम्रो पहाडको निम्ति एउटा हेल्प डेस्क राखेका छौं। जी टी ए वासीको निम्ति नर्थ बङ्गाल मेडिकल कलेजमा उपचारको व्यवस्था गर्दैछौं।”

उदघाटन समारोहमा अस्पतालका डाक्टरहरु, नर्सहरु साथै सभासदहरुको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement