सिलगढी: फिङ्गर प्रिन्टलाई हतियार बनाएर साइबर अपराधीहरूले सिलगढीका अवकाशप्राप्त एकजना रेलकर्मीको बचत खाताबाट रुपियाँ निकालेको घटना प्रकाशमा आएको छ। गत २७ र २८ दिसम्बरमा साइबर अपराधीहरूले सिलगढीको भक्तिनगर इलाका निवासी कृष्णेन्दु गुह रायको ब्याङ्क अकाउन्टबाट दुईपल्ट गरेर मोठ बीस हजार रुपियाँ निकालेको बताइएको छ। यसपछि तिनले तत्कालै ब्याङ्क कर्तृपक्ष र पुलिसलाई यसबारे जानकारी गराए। कृष्णेन्दु गुह रायले बताए अनुसार पेन्सनको भरमा तिनको घर संसार चल्ने गर्दछ। कसरी ब्याङ्क अकाउन्टबाट रुपियाँ निकाल्यो भन्ने बारे तिनले बुझ्न सकेनन्। तिनको आधार कार्डको फिङ्गर प्रिन्ट प्रयोग गरेर तिनको अकाउन्टबाट रुपियाँ निकालेको हुनसक्ने पुलिसले एउटा म्यासेजको आधारमा अनुमान लगाएको छ।









