हेल्मेट बिना सवारी चलाउनेलाई गुलाब फूल, ट्राफिक प्रहरी सचेतना अभियान

सिलगढी: सिलगढी कावाखली ट्राफिक पुलिसले सिलगढी सूर्यसेन महाविद्यालयको एनएसएस इकाईका विद्यार्थीहरूसँगै उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालको गेट अगाडि ट्राफिक नियमहरूबारेमा सचेतना कार्यक्रम सञ्चालन गरेको थियो। यस कार्यक्रमअन्तर्गत हेल्मेट नलगाउने र ट्राफिक नियम उल्लंघन गर्नेलाई जरिवाना गरिएको छ। उनीहरूलाई ट्राफिक नियमबारे पनि जानकारी गराए। विद्यार्थीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न पनि आग्रह गरेका छन्। सडकमा हेल्मेट नलगाई सवारी चलाउने चालकलाई गुलाबको माला दिएर भविष्यमा पनि हेल्मेट लगाएर सवारी चलाउन उत्प्रेरित गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement