उत्तर प्रदेश: काशीमा तीन दिवसीय ‘काशी नेपाली संगम’ सम्पन्न  

काशी: नेपाली संस्कृति परिषद (समिति- पंजीकृत) द्वारा आयोजित तीन दिने ‘काशी नेपाली संगम’ तथा ‘अन्तर्राष्ट्रिय सम्मेलन’ भव्य रूपमा सफलताका साथ सम्पन्न भयो। २४, २५, र २६ दिसम्बर २०२२ का दिन आयोजित यस समारोहमा भारतका २२ राज्यहरू तथा नुपालका सात प्रदेशहरूबाट ६०० भन्दा बढी संख्यामा प्रबुद्ध प्रतिनिधिहरू उपस्थित थिए। स्थानीय मानिसहरूको उपस्थिति उद्घाटन र समापन समारोहमा निकै थियो। काशीको प्रतिष्ठित ‘सरदार बल्लभ भाई पटेल स्मारक अतिथि गृह, तेलियाबागमा आयोजित यह समारोहको उद्घाटन सत्रमा राष्ट्रिय स्वयं सेवक संघका अखिल भारतीय कार्यकारिणी सदस्य इन्द्रेश कुमार प्रमुख अतिथि थिए भने, अध्यक्षता परिषदका अन्तर्राष्ट्रिय कार्यकारी अध्यक्ष अशोक चौरसियाले गरेका थिए भने मुख्य अतिथिको रूपमा दार्जीलिङ लोकसभा समष्टिका  सांसद राजु बिष्ट अनि विशिष्ट अतिथिको रूपमा नयाँ दिल्ली स्थित नेपाल दूतावासका प्रथम सचिव विजय कुमार रावत तथा नेपालका जनजातीय कल्याण आश्रमका राष्ट्रिय महासचिव प्रेम थुलुङ, विश्व हिन्दू महासंघका केन्द्रीय सचिव टेकराज पनेरू आदि  उपस्थित थिए।

मंचमा अन्य अतिथिहरू मध्ये डा. हरिप्रसाद अधिकारी, डा. रोहित ढकाल, श्रीमती आमिया, दिलीप सिरवालसहित परिषदका केन्द्रीय र प्रदेश अध्यक्षहरू उपस्थित थिए। पश्चिम बङ्गालका प्रमुख आर्थिक शहर सिलगढीका प्रतिनिधीहरूले सुन्दर सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए भने कालेबुङका प्रतिनिधिहरूले सामूहित गीत गाएका थिए। नेपालका प्रतिनिहरूले लोकगीत र नृत्य प्रस्तुत गरेका थिए भने, मध्यप्रदेश, गुजरात राजस्थान, महाराष्ट्र, दिल्ली,उत्तर प्रदेशका प्रतिनिधीहरूले गीत नृत्य र कविताहरूका सून्दर वाचन गरेका थिए। परिषदको काशी समितीले मनमोहक भजन संध्याद्वारा प्रतिनिधिहरूलाई मन्त्रमुग्ध बनाए। कार्यक्रमको संचालन हर्कबहादुर स्वांरले गरेका थिए भने समायोजन दिनेश सोनीले गरेका थिए।

२५ दिसम्बरमा आयोजित “काशी नेपाली संगम”को मुख्य आकर्षण काशी विश्वनाथ डमरू संघद्वारा  सामूहिक डमरूवादन। गणेश वन्दनाद्वारा आरम्भ यस संगमको अध्यक्ष परिषदका अन्तर्राष्ट्रिय अध्यक्ष मोहन प्रियाचार्य जी महाराजले गरेका थिए भने मुख्य अतिथि थिए भारतमा नेपालका राजदूत डा. शंकर प्रसाद शर्मा, विशिष्ट अतिथि थिए इन्दोरका लोकप्रिय सांसद शंकर लालवाणी, अन्य विशिष्ट अतिथिहरू मध्ये अजित भाई महापात्र (अखिल भारतीय गौसेवा प्रभारी), शम्भूहरि बास्तोला, अनन्त भण्डारी, डिकेन्द्र पौड्याल, कमल सिंह आदि उपस्थित थिए। काशीको इतिहासमा परिषदले एउटा इतिहास कोरेको छ, जसको चर्चा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ सम्म हुनु स्वाभाविक थियो। काशीको इतिहासमा नेपाली समाजको यस्तो ठूलो आयोजना पहिलो पटक भएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement