सिलगढी: सिलगढीको तीनबत्ती क्षेत्रमा बुधबार राति लगभग ११ बजे भएको दर्दनाक सडक दुर्घटनामा फूलबारी गाउँका १८ वर्षका अमित सरकार र २२ वर्षका शुभंकर राईको मृत्यु भएको छ। आफन्त र स्थानीय स्रोतका अनुसार बुधबार राति सिलगढीको तीनबत्ती क्षेत्रमा बाक्लो कुहिरोका कारण सिलगढी जानका लागि घरबाट निस्केका तीनजना बाइक सवार साथीहरूले पछाडिबाट एउटा कारलाई ठक्कर दिएका थिए। ट्राफिक प्रहरी र स्थानीयले तुरुन्तै घटनास्थलमा पुगेर तीनैजनालाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज अस्पताल पठाए।
अमित सरकार र शुभंकर रोयको घटनास्थलमै मृत्यु भएको बताइएको छ। गम्भीर घाइते भएका शुभम राईको अहिले पनि अस्पतालमा उपचार भइरहेको छ। फूलबारी नम्बर २ ग्राम पञ्चायतका अध्यक्ष दिलीप राईले बिहीबार मृतकका परिवारलाई भेटेका थिए। नयाँ जलपाइगढी थानाको पुलिसले घटनाको सम्पूर्ण अनुसन्धान सुरु गरेको छ।