दक्षिण अफ्रिकामा आउँदो साल फरवरीमा शुरु हुने आईसीसी महिला टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमको घोषणा गरियो। टी२० वर्ल्ड कपको निम्ति भारतको यस टीममा अनुभवी पेस बलर शिखा पाण्डेले १४ महिनापछि स्थान पाएकी छन्। शिखाले भारतको तर्फबाट आफ्नो अन्तिम म्याच अक्टोबर २०२१-मा खेलेकी थिइन्। त्यसपछि विवादास्पद परिस्थितिबीच उनलाई टीमबाट बाहिर गरिएको थियो। वर्ल्ड कपमा भारतीय टीमको कप्तानी हरमनप्रीत कौरले गर्नेछिन्। टी२० वर्ल्ड कपको साथमा दक्षिण अफ्रिकामा हुने ट्राई सीरीजको निम्ति पनि टीमको घोषणा गरियो। त्रिकोणीय सीरीजमा भारत र दक्षिण अफ्रिका बाहेक वेष्ट इण्डिजको टीमले हिस्सा लिनेछन्। ट्राई सीरीजपछि भारतीय टीम वर्ल्ड कप खेल्न ओर्लिनेछ। महिला टी२० वर्ल्ड कप १० फरवरीदेखि शुरु हुनेछ अनि फाइनल २६ फरवरीमा खेलिनेछ।
यसरी नै त्रिकोणीय सीरीजको शुरुवात १९ जनवरीदेखि हुनेछ। सीरीजको पहिलो म्याच भारत र दक्षिण अफ्रिकाबीच खेलिनेछ। टीम इण्डियाक दोस्रो म्याच २३ जनवरीमा वेष्ट इण्डिज विरुद्ध रहेको छ। त्यसपछि तेस्रो म्याच २८ जनवरीमा दक्षिण अफ्रिका रहेको छ। त्यसपछि हरमनप्रीतको कप्तानीमा भारतले आफ्नो अन्तिम म्याच ३० जनवरीमा वेष्ट इण्डिज विरुद्ध खेल्नेछ। फाइनल म्याच २ फरवरीमा हुनेछ।
टी२० वर्ल्ड कपको शेड्यूलः
टी२० वर्ल्ड कपमा भारतको पहिलो म्याच १२ फरवरीमा पाकिस्तान विरुद्ध रहेको छ। यसरी नै भारतले १५ फरवरीक दिन वेष्ट इण्डिजको चुनौती स्वीकार्नेछ। टीम इण्डियाको तेस्रो म्याच १८ फरवरीमा ईंग्ल्याण्ड विरुद्ध रहेको छ जबकि चौथो म्याच २० फरवरीमा आयरल्याण्ड विरुद्ध हुनेछ। टुर्नामेण्टमा भारतीय टीम ग्रुप बी-मा रहेको छ। यसरी नै ग्रुप ए-मा अष्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका, बंग्लादेश र न्यूजील्याण्डको टीम सामेल छ।
टी२० वर्ल्ड कपको निम्ति भारतीय टीमः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना, शेफाली वर्मा, यास्तिका भाटिया, रिचा घोष, जेमिमा रड्रिग्स, हरलीन देओल, दीप्ति शर्मा, देविका वैद्य, राधा यादव, रेणुका ठाकुर, अञ्जलि सरवानी, पूरा वस्त्रकार, राजेश्वरी गायकवाड़ र शिखा पाण्डे।
त्रिकोणीय सीरीजको निम्ति भारतीय टीमः
हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धना, यास्तिका भाटिया, रिचा घोष, जेमिमा रड्रिग्स, हरलीन देओल, दीप्ति शर्मा, देविका वैद्य, राधा यादव, रेणुका ठाकुर, अञ्जलि सरवानी, पूरा वस्त्रकार, मेघना सिंह, सुषमा वर्मा, अमनजोत कौर, एस मेघना, राजेश्वरी गायकवाड़ र शिखा पाण्डे।