गोरुबथान: माल बजार माउन्टेन ट्रेकर्स फाउन्डेसनको आयोजनामा सातौँ वार्षिक एडभे्न्चर कम नेचर यसपल्ट गोरुबथान खण्डको अम्बियोकमा भइरहेको छ। चार रात पाँच दिनको यस कार्यक्रममा करिब दुइ सय पचास जस्ता नानीहरु पचासभन्दा धेर गाइडहरुको साथमा विगत २६ दिसम्बर देखि ३० दिसम्बर सम्मको लागि प्रकृतिको नजिक रहेर यसबारे जानकारी लिनेछन्। प्रकृतिको संरक्षण र संवर्द्धन तथा विभिन्न किसिमका तालिमहरु यस क्याम्पमा प्रदान गरिनेछ। प्रतिवर्ष नै यस फाउन्डेसनले यसरी क्याम्पहरु राखेर जानकारीमूलक कार्यक्रमहरु गर्ने गरेको छ।