लंकू प्रगतिशील युथ क्लबको तत्त्वावधानमा आयोजित इन्द्रबहादुर राई स्मृति फूटबल टुर्नामेण्टमा कालीझोड़ा ड्राइभर एफसी-ले फाइनलमा स्थान बनायो। लंकू खेल मैदानमा बुधवार भएको पहिलो सेमिफाइनल म्याचमा कालीझोड़ा ड्राइभर एफसी-ले एकता समिति (कालीझोड़ा)-लाई टाईब्रेकरमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। अब बिहीवार खेलिने दोस्रो सेमिफाइनलमा रोलक एफसी र आरएसडी स्कोरर (सुन्तले)-बीच भिड़न्त हुनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।